मेस्सीको जादुमय प्रदर्शनमा अर्जेन्टिनालाई एक मैत्रीपूर्ण खेलमा सहज जित मिलेको छ । बुधबार भएको खेलमा अर्जेन्टिनाले जमैकालाई ३-० गोल अन्तरले हराएको हो ।अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे ।

खेलको १३ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै ८६ औं मिनेटमा मेस्सीले गोल गर्दै टिमको अग्रता २-० को बनाए ।अन्ततः खेलको ८९ औं मिनेटमा मेस्सीले फ्रिकिक मार्फत व्यक्तिगत दोस्रो गोल गर्दै अर्जेन्टिनालाई ३-० को जित दिलाए।