अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा आईटीटीएफ लेभल २ ओलम्पिक सोलिडारिटी कोर्स लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
कोर्समा पाराका २ सहित विभिन्न जिल्ला, नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफका १९ जनाको सहभागिता रहेको संयोजक शंकर गौतमले जनाएका छन् । सहभागीलाई क्रिस्टिनीले अक्टोबर ३० तारिखसम्म प्रशिक्षण दिने अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले जनाएका छन् । कोर्षको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्यले एक कार्यक्रमबीच उद्घाटन गरे ।