परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका प्रधानमन्त्रीबीच भेट

नेपाल सरकारकी परराष्ट्रमन्त्री डा.बिमला राई पौड्यालले श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेसँग शिष्टाचार भेट गर्नुभएको छ।

श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुग्नुभएकी मन्त्री पौड्यालले प्रधानमन्त्रीसँग भेट गरी दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल गर्नुभएको हो ।उक्त भेटमा श्रीलंकाका प्रधानमन्त्री दिनेश गुणबर्द्धनेले नेपाल र श्रीलंकाबीच पुरानो मित्रता रहेकाले आपसमा सहकार्य गरी अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। प्रधानमन्त्रीसँगको भेटअघि परराष्ट्रमन्त्री पौड्यालले श्रीलंकाका विदेशमन्त्री एमयूएम अली सब्रिसँग भेट गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published.