चीनले तयार गर्दैछ सिक्स जी इन्टरनेट, एक सेकेण्डमा १०० जीबी डाटा डाउनलोड हुने

इन्टरनेटको दुनियाँमा विश्वका विभिन्न विकसित तथा शक्तिशाली मुलुकहरुमा फाइभ जी इन्टरनेट व्यवसायिक रुपमा सुरु भैसकेको छ । यसपछि विश्वका सम्पन्नशाली देशहरुको ध्यान चाहिँ त्यसभन्दा नयाँ पुस्ताको वायरलेस नेटवर्क अर्थात् सिक्स जी नेटवर्कमा केन्द्रित भएको छ ।

यद्यपि फाइभ जी इन्टरनेट पनि निकै तीव्र गतिको इन्टरनेट हो र यसको स्पीड फोर जी को तुलनामा २० प्रतिशत धेरै हुन्छ । तर सिक्स जी इन्टरनेटले यी सबै पुराना रेकर्ड भंग गर्नेछ, स्पीडको मामिलामा ।

सिक्स सी वायरलेस इन्टरनेटबाट स्पीड, लेटेन्सी, स्पेक्ट्रम, आर्टिफिसियल इन्टेलिजेन्स, साइबर सेक्योरिटी तथा ऊर्जा दक्षता जस्ता क्षेत्रहरु अझै अत्याधुनिक हुने विश्वास गरिएको छ ।यद्यपि तेस्रो विश्वका अधिकांस मुलुकहरु अहिलेपनि फाइभ जी नेटवर्कका लागि संघर्ष गरिरहनुपरेको छ । यस्तो अवस्थामा चीनले चाहीँ सिक्स जी इन्टरनेटको सुरुवात गर्नमा काम गरिरहेको बताइएको छ । पछिल्लो रिपोर्ट अनुसार चीनले अल्ट्राफास्ट वायरलेस इन्टरनेटको रुपमा रहेको सिक्स जी को परीक्षण पनि गरिरहेको छ । सिक्स जी इन्टरनेटको डाउनलोड स्पीड १०० जिबिपिएस हुने बताइएको छ । अर्थात् यो फाइभ जी को तुलनामा कैयन् गुणा तेज हुनेछ ।

Leave a Reply

Your email address will not be published.