रामचन्द्र र गोपाल राष्ट्रिय पारा साइक्लिङमा पहिलो

रामचन्द्र काफ्ले र गोपाल मोक्तान पारा राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय पारा साइक्लिङ प्रतियोगितामा शनिबार पहिलो भएका छन् । रामचन्द्र शारीरिक अपाङ्गको एम्पुटी तथा गोपाल कुष्ठ रोग प्रभाविततर्फ पहिलो भएका हुन् । राष्ट्रिय पारा साइक्लिङ संघको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् द्वारा आयोजित प्रतियोगिताको शारीरिक अपाङ्गको एम्पुटीतर्फ सुजन भण्डारी दोश्रो तथा कृष्ण गुरुङ तेश्रो भए । त्यसैगरी कुष्ठ रोग प्रभावितमा बाबुलाल शरणले रजत तथा विनोद गैरेले कास्य जिते । यसैबीच विजेतालाई नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइराला, राष्ट्रिय पारा साइक्लिङ संघका अध्यक्ष प्रकाश सिलवाल लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । मण्डिखाटारमा भएको एकदिने प्रतियोगितामा १६ प्रतिस्पर्धी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published.