रेस्लर भगवतीको नेतृत्वमा स्पोर्ट्स युनियन

रेस्लर भगवती खड्का (युनिका) को नेतृत्वमा ७ सदस्यीय भक्तपुर जिल्ला स्पोर्ट्स युनियन नेपालको शनिबार गठन भएको छ ।
जि फन्टका अध्यक्ष समेत रहेको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्व अध्यक्ष विनोद श्रेष्ठ, स्पोर्ट्स युनियन नेपालका केन्द्रीय अध्यक्ष प्रदेश सांसद् सीता लामा, केन्द्रीय महासचिव सुदिप शर्मालगायतको उपस्थितिमा बालकोटस्थित रेडक्रसको भवनमा भएको भेलाले भगवतीको अध्यक्षतामा ७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

युनियनको उपाध्यक्ष क्रिकेटका सुसन श्रेष्ठ, सचिवमा क्रिकेटका पवन पौडेल र कोषाध्यक्षमा क्रिकेटका सञ्जय बस्नेत रहेका छन् । सदस्यमा करातेका श्रीकिसुन साह, क्रिकेटका सुरजरत्न शाक्य र करातेका हीरा तामाङ चयन भए ।
विभिन्न ६ जिल्लामा युनियन गठन भइसकेको अध्यक्ष लामाले जानकारी दिइन् । यसअघि मकवानपुर, उदयपुर, ललितपुर, काठमाडौं र रुपन्देहीमा कार्यसमिति गठन भइसकेको बताइएको छ ।
अध्यक्ष श्रेष्ठले पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए । अध्यक्ष लामाले मुख्यतः खेलाडीको श्रम सम्बन्धी विषयवस्तुमा केन्द्रीत रहेर कार्य गर्न कमिटी गरिएको बताइन् ।

Leave a Reply

Your email address will not be published.