spot_img
घरराष्ट्रिय समाचारअब भूकम्पबाट नभत्किने संरचनावा घरहरु बनाउन थालौं ओली

अब भूकम्पबाट नभत्किने संरचनावा घरहरु बनाउन थालौं ओली

- Advertisement -spot_img


काठमाडौं । प्रधानमन्त्रीकेपीशर्मा ओलीले २०७२ सालको भूकम्पले नभत्किने संरचनावा घरहरु बनाउनुपर्ने आवश्यकतादेखाएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजितभूकम्प स्मृतिदिवसको कार्यक्रममा उनले राष्ट्रको आर्थिक अवस्था र बजेटलेपुुनःनिर्माण भ्याउन नसक्ने भन्दै क्षतिनहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचनावा घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए ।
उनले भने, ‘हामीले के देख्यौं भने, २०७२ सालको भूकम्पजस्तो कुरा जतिसुुकै रिजिलियन्स भनेपनिराष्ट्रको आर्थिक अवस्थाले, हाम्रो बजेटले, क्षमताले पुुनःनिर्माण भ्याउन सक्ने अवस्थाहोइन । त्यसो भएर हामीले पहिले त्यसबाट क्षतिनहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने संरचनावा घरहरु बनाउनु पर्ने आवश्यकता छ । भत्किनजेल पर्खिने होइन ।’
यस्तै, उनले राष्ट्रिय जोखिमन्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई क्षति नहोस् भनेर पूर्वतयारीमा जोडदिन पनिआग्रह गरेका छन् ।
उनले भने, ‘मुख्य कुरा प्राकृतिक विपत्ति सम्बन्धी पूर्वतयारी हो । म राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अहिले पनिभन्न चाहन्छुु कि पहिले नै त्यस्तो क्षति न होस् भनेर पूर्वतयारीमा जोड दिनुस् । भूकम्प गइसकेपछि भत्किए पछि घरले किचेर मान्छे मारेपछि घर पुनःनिर्माण गर्ने भन्दा पहिले नै घर भत्किनै नपाइन, मान्छे किच्नै नपाइन, अलि अलि भएको जाय जेथा पनि ध्वस्तपार्न नपाइकन विस्तापित गर्ने बाटोमा लागौं । क्रमशः यस बाटोबाट हामी सुरक्षित नेपाल निर्माण गर्छौं ।’
उनले सदैव राष्ट्रिय एकता र अन्तर्राष्ट्रिय साथ, सहयोग र समर्थनको उच्च मूल्याङ्क नगर्दै आगामी दिन पनि एकै ठाँउमा हुनुपर्ने बताए ।
उनले भने, ‘राष्ट्रिय प्रश्नहरुमा, राष्ट्रिय हितका प्रश्नहरुमा वा यस्ता महत्वपूर्ण प्रश्नहरुमा राष्ट्रिय एकता अनिवार्य छ । त्यसै गरेर सुशासन र विकासका प्रश्नहरुमा पनि हाम्रो राष्ट्रिय एकता अनिवार्य हुनुु पर्दछ । लोकतन्त्रमा प्रतिस्पर्धा हुन्छ । प्रतिस्पर्धालाई स्वस्थता र सत्यमा आधारित स्वस्थताको माध्यमबाट अगाडि बढाउनुु पर्दछ । आलोचना स्वागत छ र स्वागत योग्य हुन्छ । तर आलोचना सत्यमा आधारित, तथ्यमाआधारित, रचनात्मकआलोचना होस् न कि झुुटमा आधारित, असत्य र भ्रामक एवं विनाश निम्त्याउने खालको, नेपाली समाजलाई भाँड्ने, विभाजित खालको होइन । राष्ट्रिय एकतामा आबद्ध गर्ने खालको होस् । यस कुरामा हामीले ध्यानदिनुुपर्दछ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्