
सुलभ फार्मेसीअन्तर्गत विक्री गरिने औषधिको प्रकार र मात्राअध्ययनहुने भएको छ ।
बिहीबार महानगरपालिकाकाउपप्रमुखएवं सुलभ औषधिपसल सञ्चालनव्यवस्थापन समितिको बैठकले, बबरमहलस्थितहाल वडा कार्यालय सञ्चालनभइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीयफार्मेसी सञ्चालनकालागि स्थानउपलब्धताकाविषयमा छलफल चलाउने, फार्मेसीकालागिआवश्यक पर्ने औषधिको प्रकार र मात्राअध्ययन गर्ने निर्णय गरेको हो ।
आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्कऔषधि, स्वास्थ्यबिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएकानागरिकहरुकालागि सर्वसुलभ औषधितथाऔषधिजन्य सामग्रीहरु जेनेरिक फार्मेसीको अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य हो । औषधिको ब्राण्ड नामकाआधारमा नभइऔषधिमाभएकातत्वकाआधारमा विरामीलाई औषधिप्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो ।
यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले २०८१ सालमाफार्मेसी सञ्चालनतथानियमन सम्बन्धीनिर्देशिका जारी गरेको छ । यहीनिर्देशिकाअनुसार महानगरपालिकाले औषधिपसलहरुको नियमन गर्न सकिन्छ ।
महानगरपालिकामातहतमाभएका र अन्यफार्मेसीहरुको सञ्चालनव्यवस्थापन गर्न गराउनउपप्रमुखको सुनिता डंगोलको संयोजकत्वमा चार सदस्यीय समिति गठन भएको छ ।
प्रमुखप्रशासकीयअधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्यछन् भने स्वास्थ्यविभागको प्रमुख सदस्य सचिवहुन् ।
बैठकमा नार्कोटिक, एन्टिवायोटिक, हर्मोनिक जस्ता डाक्टरको प्रेस्क्रिप्सनबाट मात्रदिन सकिने रओटिसी (ओभर द काउन्टर) औषधिप्रदान गर्न डाक्टरको प्रेस्क्रिप्सननचाहिने औषधिको सम्भावितमागकाविषयमा छालफल भएको थियो ।
महानगरपालिकाले एउटा केन्द्रीयफार्मेसी र अन्यविभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्यलिएको छ ।
उत्पादकदेखि उपभोक्तासम्म सुपर थोक विक्रेता, थोक विक्रेता, खुद्राविक्रेताको कमिसन, कतिपयऔषधिमादिइनेछ बोनस जस्ता तहका कारण औषधिको मुल्यचर्को भएको उपभोक्ताहरुको गुनासो सुनुवाई गर्दै महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको उपप्रमुख डंगोलको भनाइ छ ।
सुलभ फार्मेसी सञ्चालनले सर्वसाधारणलाई उपचारात्मक स्वास्थ्य सेवामा ठुलो राहतहुनेछ । छलफलमा शिक्षातथा स्वास्थ्य समितिका संयोजकचिनीकाजीमहर्जनले, महानगरको जनघनत्व र भूगोलको क्षेत्रफल समेतलाई ध्यानमा राखेर थप ५ वटा स्थानमा सुलभ फार्मेसी खोल्ने योजना रहेको र हालकालागि यो नमूनाकार्यक्रमका रुपमा को सञ्चालन गर्न लागिएको बताए ।
’यसबाट प्राप्तहुने अनुभव, सिकाइ र पृष्ठपोषनकाआधारमा थप स्थानहरुमा सुधार गर्दै बिस्तार गर्ने योजना रहेको छ,’महर्जनले योजना सनाए ।
यसरी सञ्चालनहुने फार्मेसीबाट प्रेष्क्राइभर (औषधि लेखिदिने डाक्टर) प्रभावमापार्ने जोखिम सकिन्छ । यसो हुनु भनेको स्वार्थ प्रेरित औषधिदिने क्रम सकिनु हो । यसले औषधिको गुणस्तर र मूल्य सुनिश्चित हुन्छ ।
छलफलमा निमित्तप्रमुखप्रशासकीयअधिकृत नुरनिधिन्यौपाने, प्रशासनविभागकाप्रमुख ध्रुवकुमार काफ्ले, फार्मेसी विज्ञ डा. सतिश देव, स्वास्थ्य सल्लाहकार डा. मनेनप्रसाद गोर्खाली, सचिवालय सदस्य सुदीप ढकालसहित विभागकाअधिकारीहरु सहभागीथिए । त्यस क्रममा सहरी योजनाआयोगकाइञ्जिनियर र आर्किटेक्टहरुले फार्मेसीको ड्रइङ् डिजाइन प्रस्ताव पेश गरेका थिए ।