
सङ्घीय मामिलातथा सामान्यप्रशासनमन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरणबनाइदिनकाठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ ।
मन्त्रालयबाटप्रमुखप्रशासकीयअधिकृतका रूपमाकाठमाडौं महानगरपालिकामाखटाइएकाकर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुखबालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछिमन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरणबनाइदिनमहानगरलाई आग्रह गरेको हो ।
काठमाडौंमहानगरपालिकामाखटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमाहाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्षलिखितगुनासो गरेपछिमन्त्रालयले यस्तो आग्रह गरेको हो ।
महानगर प्रमुखबालेनले आफ्नो कार्यकक्षमातालालगाई काम गर्न नदिएको तथा अनेक झूठालाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमाउल्लेख छ ।
मन्त्रालयको स्थानीयतहकर्मचारी प्रशासनशाखाले काठमाडौं महानगरलाई बुधबार पत्राचार गर्दै भनेको छ, ‘प्रस्तुतविषयमातहाँमहानगरपालिकाकाप्रमुखप्रशासकीयअधिकृत श्री सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमाप्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरणविथोलिएको तथामिति २०८१÷०९÷०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यकव्यवस्थापन गरी कार्य वातावरण सहजबनाइदिनु हुनभनी यस मन्त्रालयमानिवेदनपेश गर्नुभएको हुँदानिजलाई तहाँमहानगरपालिकामाहाजिर भई कार्य सम्पादनकालागिआवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१÷११÷२१ को निर्णयानुसार अनुरोध छ ।’

उद्योग, वाणिज्यतथाआपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धिआयोजना’को प्रमुखका रूपमाकार्यरत गुरागाईंलाई मन्त्रालयले गतभदौ २७गते प्रमुखप्रशासकीयअधिकृत बनाएर काठमाडौं महानगरपालिकापठाएको थियो । तर, महानगर प्रमुखबालेनले उनलाई हाजिर गर्न नदिई सङ्घीय सरकारमाथिहिलो छ्याप्ने काम गरिरहेको चर्चा भइरहेको छ ।