spot_img
घरराष्ट्रिय समाचारघाइते पत्रकार कार्की माथि भएको घटना प्रति महासंघको ध्यानाकर्षण

घाइते पत्रकार कार्की माथि भएको घटना प्रति महासंघको ध्यानाकर्षण

- Advertisement -spot_img


काठमाडौं । आज शिक्षकआन्दोलनमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते हुदाँ नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबीचआज ठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएकी थिईन् ।
घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।
नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार कार्की माथि प्रहरीले गरेको प्रहार खेदजनक रहेको र संवैधानिकअधिकारमा आघात पुगेको बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमाजुटेकीपत्रकार कार्कीमाथिप्रहरीले गरेको प्रहार अत्यन्तनिन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहरछ ।’
महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषी माथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकाय सँग माग पनि गरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्