spot_img
घरराष्ट्रिय समाचारचुनावमा गरेको वाचा बिर्सिएको छैन अध्यक्ष प्रचण्ड

चुनावमा गरेको वाचा बिर्सिएको छैन अध्यक्ष प्रचण्ड

- Advertisement -spot_img


गोरखा । नेपालकम्युनिष्टपार्टी (माओवादी केन्द्र)काअध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार गोरखा–बारपाक सुलिकोट गाउँपालिकाको कार्यपालिका बैठकलाई सम्बोधन गर्दै चुनावमा गरेका वाचा नबिर्सेको बताएकाछन् ।
कार्यपालिका सदस्य तथा गाउँपालिकाअध्यक्ष विष्णु भट्टले बाटो, खानेपानी र अन्य भौतिक पूर्वाधार निर्माणमा बजेट अभावका समस्या उठाउँदै गर्दा अध्यक्ष प्रचण्डले जवाफदिए, ‘चुनावमा मैले तपाईंहरूसँग गरेका वाचाकहिल्यै भुलेको छैन।
सरकारले हुँदा तीवाचा पूरा गर्न इमान्दार प्रयास गरियो । जे सकियो, ग¥यौं; त्यसको मूल्याङ्कन तपाईंहरूले नै गर्नुहुन्छ। अहिलेसम्म उठाइएका प्रश्नहरू म प्रमुख प्रतिपक्षीदलको नेताका रूपमा संसद्मा समेत उठाउँदै आएको छु ।’
उनले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई क्षेत्रीय भेद भाव नगर्न अनुरोध गर्दै भने, ‘यहाँ केही समयमा गुनासो पनि आउने गरेको छ। तपाईंहरूले उठाएका माग–आवश्यकतालाई विकास कार्यमा प्राथमिकतामा राख्न अपिल गर्दछु।’
मुख्यमन्त्री पाण्डेले अध्यक्षप्रचण्डसँग सहकार्य गर्दै प्रदेश सरकारका योजनाहरू सबै स्थानीय तहसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
बैठकमा स्थानीय जनप्रतिनिधिहरूले ढुंगा, गिटी र बालुवा निकासी भए पनि त्यसको राजस्व सङ्कलन नहुँदा जनप्रतिष्ठानमा दरार आएको गुनासो पोखे ।
यस प्रति प्रचण्डले जवाफ दिँदै भने, ‘राजस्व सङ्कलन र पारदर्शितालाई सुशासनको आधार मानेर अघि बढ्नुपर्छ। कानुन निर्माण र कार्यान्वयनमा प्रदेश सरकारको सक्रिय सहयोग अनिवार्य छ।’
अध्यक्ष प्रचण्डले अन्त्यमा सुशासन र पारदर्शितालाई विकासको मापदण्ड बनाएर सबै राजनीतिक दल र जनप्रतिनिधि एकजुट भएर अघि बढ्न आह्वान समेत गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्