spot_img
घरराष्ट्रिय समाचारदशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल

दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल

- Advertisement -spot_img

काठमाडौं । शिक्षा समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल भएको छ ।

आइतबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक२०८० माथि दफावार छलफल भएको हो ।
छलफलमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुनसक्ने छन् भन्ने अवधारणाकासाथ विधेयक ल्याएको जानकारी गराइन् ।
उनले भनिन्,‘सुर्खेत मेडिकल कलेज, बुटवल मेडिकल कलेज तथा बर्दिबास मेडिकल कलेजसहित आगामी समयमा स्थापना हुने चिकित्सा विधातर्फका कलेजहरु यसै विश्वविद्यालय अन्तर्गत सञ्चालन हुन सक्नेछन् भन्ने अवधारणा चाँही छन् । अहिलेसम्म भएका प्रष्ठिानहरु र स्वास्थ्य विधासँग सम्बन्धित विधाहरु यसैसम्बन्धित हुन्छन् भन्ने अवधारणाकासाथ आएको हो ।’
त्यस्तै सभापति अम्मर बहादुर थापाले कानुन दोहोर भाषा नलाग्नेगरी बनाउन सुझाव दिए ।
उनले भने,‘कानुन प्रष्ट लेखिनुपर्छ । दोहोरो तेहरो भाषा लाग्ने गरेर कानुन बनाउनुहुँदैन् । कार्यविधि बनाउने कुरा अलग हो । निर्देशिका बनाउने कुरा पनि यसले रोक्दैन तर कानुनले सही मार्ग देखाउनुपर्छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्