
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ । ८३ वर्षको उमेरमा महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा शुक्रवार बिहान श्रेष्ठको मृत्यु भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले जानकारी दिएका छन्।
शारदा श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा भर्ना भएकि थिइन् । उपचारकक्ष (आईसीयु)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचारगरि रहँदा निधनको खबर आएको सूचना अधिकारी पाण्डेले बताएका छन्।।
उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् । ८४ वर्षको उमेरमा उनको निधन भएको हो ।