spot_img
घरराष्ट्रिय समाचारबालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई गरियो पक्राउ

बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई गरियो पक्राउ

- Advertisement -spot_img


रौतहट। रौतहटप्रहरीले बालकको हत्यामा सग्लन रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।
वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव वैशाख ६ गते गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा शव फेला परेको थियो । उक्तघटनाको अनुसन्धानका क्रममा प्रहरीले ४ जना अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ ।
प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्कोनागेन्द्र सहनी, गौर नगरपालिका ४ का विकास पटेल र अनिल साहलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटिक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदीखोलामा पु¥याई गोली हानी हत्या गरेको पाइएको हो ।रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्डगोलि हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।


बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गा भगवतीगाउँपालिका–५ स्थित घरमा टिनको बाकसमा लुकाएको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए ।
उनीहरुले प्रयोग गरेको बीआर ०५ डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारीएको अवस्थामा गौरको एक वर्कशपबाट फेला परेको उनको भनाइछ ।
पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धानकार्य जारी रहेको उनले बताए । घटनामा सग्लन अन्यको खोजी भैरहेको र यस सम्बन्धी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्