spot_img
घरराष्ट्रिय समाचारबिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

बिपी मार्गको अस्थायी मर्मत कार्य तीव्र, रोशीखोला क्षेत्र प्राथमिकतामा

- Advertisement -spot_img

गत असोज महिनामा आएको बाढीले क्षति पु¥याएको बिपी राजमार्ग मर्मतको काम तीव्र गतिमा अघि बढेको छ ।
वर्षा याममा पनि सडकमा नियमित यातायात सञ्चालन हुनसक्ने गरी अस्थायी रूपमा सडक मर्मतको सुरु भएको हो । अस्थायी सडक पुनर्निर्माणका लागि सडक डिभिजन कार्यालयले आफूसँग भएका औजार उपकरणहरू प्रयोग गरी काम अघि बढाएको छ ।
बाढीले क्षति पु¥याएको रोशीखोला क्षेत्रमा सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । अहिले सडक डिभिजनका लोडर र डोजर प्रयोग गरी सडक मर्मतको काम भइरहेको सडक डिभिजन कार्यालय खाल्टेका सूचना अधिकारी इञ्जिनियर सुदर्शन अधिकारीले जानकारी दिए ।


रोशी खोलाको बहावलाई फर्काउने, खोलाको ढुङ्गा र बालुवा निकालेर सडक क्षेत्रलाई अग्लो बनाउने, खोलामा बाँध बाँध्ने, ग्याभिनवाल लगाउने तथा खोला किनारमा अस्थायी तटबन्धन गर्ने काम तीव्र रूपमा भइरहेको उनले बताए । ‘खोलालाई गहि¥याएर पठाउने र सडक उकास्ने काममा हामी लागेका छौँ, वर्षा याममा पनि सडक अवरुद्ध नहुने गरी काम भइरहेको छ’, उनले भने ।
बिपी मार्गको रोशी खोला खण्डमा बाढीले ठुलो क्षति पु¥याएको छ । रोशी किनारको सडकको अधिकांश भाग बाढीले बगाएको छ । अहिले काठमाडौंबाट रामेछाप, सिन्धुली लगायत पूर्व आउने यात्रीहरूले खोला बगरको कच्ची सडकमा निकै कष्टकर र जोखिमपूर्ण यात्रा गरिरहेका छन् ।
बिपी राजमार्गको धुलिखेल नेपालथोक र नेपाथोक खुर्कोट खण्ड अस्थायी रूपमा मर्मतको लागि सरकारले २१ करोड २५ लाख विनियोजन गरेको छ ।
सो बजेटबाट गर्ने कामको डिजाइन भइरहेको र डिजाइन सकिएपछि लागत स्टमेट निकालेर ठेक्का प्रक्रियामा जाने अधिकारीले जानकारी दिए । ‘त्यो ठेक्का प्रक्रियामा जान्छ, अहिले भएको काम सडक विभागको आफ्नै आन्तरिक साधन र स्रोतबाट भइरहेको छ’, उनले भने ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्