spot_img
घरराष्ट्रिय समाचारमुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली भारत भ्रमणमा

- Advertisement -spot_img


काठमाडौं । सुदुरपश्चीम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा गएका छन् ।
मंगलबार भारत सरकारको आमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन । मुख्य मन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६ देखि २२ गतेसम्म भारत भ्रमणमा रहने छन् ।
मन्त्री शाहले त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने जानकारी दिएका छन् । भ्रमणले प्रदेश सरकार बीचमा राम्रो सम्बन्ध निर्माण हुने वातावरण बन्ने र दिन सक्ने र लिन सक्ने कुरामापनि सहजता हुने उनको विश्वास छ ।
उनले भने,‘भारतको दिल्ली हुँदै देहरादुन, लखनउलगायतको भ्रमण गर्ने छौं हामी भौगोलिक रुपमा पनि जोडिएका छौं । हामीले विभिन्न चरणमा विभिन्न तरिकाले हाम्रो पर्यटन को विकास, कृषिको विकास र पूर्वाधारका विकासमा पनि भारत सरकारको सहयोग आएकै छ । थप सहयोगको पनि हामीले अपेक्षा गर्ने नै भयौं । मलाई लाग्छ यो भ्रमणले प्रदेश सरकार बीचमा पनि राम्रो सम्बन्ध निर्माण हुने वातावरण हुन्छ । त्यसैले हामीले दिन सक्ने र लिनसक्ने कुरामापनि सहजता हुन्छ ।’
त्यस्तै, उनले राममन्दिरको पनिदर्शन गर्ने जानकारी गराए । उनकाअनुसार भ्रमणमा कुनै औपचारी सम्झौताहरु भने हुने छैन् ।
भ्रमण टोलीमाप्रदेश सरकारको भूमि, व्यवस्था, कृषितथा सहकारी मन्त्रीवीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीयदलको नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा (माओवादी केन्द्र) प्रदेश सभा सदस्य झपटबहादुर साउद, नीतितथा योजनाआयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा.कमलप्रसाद पोखरेल, भौतिकपूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा.जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्