spot_img
घरराष्ट्रिय समाचारविद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ मन्त्रीपन्त

विद्यालय शिक्षा विधेयक, २०८० लाई चाँडो भन्दा चाँडो टुङ्गोमा पुर्याउनुपर्छ मन्त्रीपन्त

- Advertisement -spot_img


काठमाडौं । बुधबार बसेको शिक्षा, स्वास्थ्यतथा सूचनाप्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा छलफल भएको छ ।
आज समितिको बैठक कक्षमा विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल भएको हो ।
उक्त छलफलमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउन आफू गम्भीर भएर लागेको बताए।उनले निरन्तर छलफल गरि विद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउनआफू गम्भीर रहेको बताए।
उनले भने, विद्यालय शिक्षा विधेयक, २०८० लाई टुङ्गोमा पुर्याउनम गम्भीर तरिकाले लागेको छु । निरन्तर छलफल गरेर योविद्यालय शिक्षा विधेयकलाई टुङ्गोमा पुर्याउनुपर्छ । विधेयकको छलफल सोमबारसम्म जारी नै राखौं । कतिपय विषयहरु छन् तर विषयहरु भए पनि छलफललाई लम्ब्याँउ भन्न खोजेको होइन । राजनीतिक तहमा पनि मैले विद्यालय शिक्षा विधेयकलाई सहमति नजिक पुर्याउन खोजेको छु ।
साथै, विधेयकमा रहेका कतिपय विषयमा राजनीति तहमा पनि सहमति खोज्नुपर्ने देखिएको उनले बताए । मन्त्री पन्तले विधेयकमा सहमति भएका विषयलाई अघि बढाउने र सहमति हुन नसकेका विषयमा अन्तिममा टुङ्गोमा पु¥याउने गरि छलफल अघि बढाउन सुझाव दिए ।
समिति सभापतिअम्बर बहादुर थापाले जेठ १५ गते बजेट आउनुअघि नै विधेयकलाई टुङ्गोमा पु¥याउनु पर्नेमा जोड दिए । उनले अनिवार्य शिक्षा क्षेत्रका सुधारका लागि राज्यलाई एकै पटक भार नपर्ने गरि चरणबद्ध रुपमा सुधारका योजना ल्याउनुपर्ने जिकिर गरे ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्