
काठमाडौं । शिक्षकहरूले १६ दिनदेखि काठमाडौं केन्द्रितसडक आन्दोलनलाई जारी राखेकाछन् ।नेपाल शिक्षकमहासंघको नेतृत्वमा जारी आन्दोलन थपआक्रमकहुँदै गइरहेको छ ।
जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ ।नयाँशैक्षिक सत्रको सुरु भए पनिभर्ना कार्यक्रम सुरु हुन सकेको छैन ।काठमाडौं उपत्यकाको सवारी आगमनमा समस्या भइरहेको छ ।
१६दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलनविहीबार पनि जारी राखेकाछन् ।बिहीबार नेपालशिक्षकमहासंघको नेतृत्वमा शिक्षकहरुले माइतीघरबाट प्रदर्शन सहितबानेश्वर पुगेर धर्ना दिएकाछन् ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षकहरुको माग सम्बोध नगर्न बैशाख १२ गतेलाई संसद बैठक आब्हान गरेपनि शिक्षकहरुले आन्दोलनलाई थप चर्काएकाहुन् ।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनकालागि संघीय संसद्को अधिवेशन वैशाख १२गते बोलाउन सिफारिस गर्नेनिर्णय गरेको थियो ।
शिक्षकहरुले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएकाछन् ।
