
काठमाडौं । परराष्ट्र मन्त्रीडा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्लामात्रभएको बताएकी छन् ।
थाइल्यान्डबाट फर्कने वित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकीहुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकितभएको प्रतिक्रियादिइन् ।
‘देशमा रमाइलोका लागि यस्तो खबरहरु आउने गर्छ । अरुकेही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होलाविदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’उनले भनिन् ।
परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा प्रशान्त क्षेत्रकालागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिकआयोगको ८१ औं सत्रको अध्यक्षता गरी आज स्वदेश फर्केकाहुन् ।
उक्तअवसरमा उनीले अतिकम विकसित, भूपरिवेष्टित विकासशील र साना टापु विकासोन्मुख मुलुकहरूका साझाचासोका विषयहरू उठान गरेका बताइन् ।
उनले यो अवसरले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्वअभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने परराष्ट्र नीतिको उद्देश्य प्राप्त गर्न सहयोग पुगेकाबताइन् ।
उनले भनिन्,‘उक्त भ्रमणका अवसरमासानो द्वीपविकासशील राज्यहरूकालागि संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधि अल्पविकसित, भूपरिवेष्ठित विकासशील र –संयुक्त राष्ट्रसंघको उच्च प्रतिनिधि महामहिमसुश्री रबाबफातिमासँग भेटघाट गरी आपसीहितका विविध विषयमा छलफल गरेको थिए । सो अवसरमा अतिकम विकसित राष्ट्रबाट हुनलागेको नेपालको स्तरोन्नतिस्नातकलाई सहज र दिगो बनाउने विषयमा छलफल केन्द्रितभएको थियो ।’
उनले यस भ्रमणबाट नेपालले जेठ २ देखि ४, २०८२ मा काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादको बारेमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजकाप्रतिनिधिहरुलाई जानकारी दिने र उच्चतहको सहभागिताकालागि आमन्त्रण गर्ने मौका मिलेको पनि जानकारी गराइन् ।