spot_img
घरराष्ट्रिय समाचारसहकारी तथा लघुवित्त पीडिहरुले चैत १७गतेदेखि आन्दोलन गर्ने

सहकारी तथा लघुवित्त पीडिहरुले चैत १७गतेदेखि आन्दोलन गर्ने

- Advertisement -spot_img

वित्तियशोषणविरुद्ध विभिन्न नौं वटा संगठनहरुले संयुक्तरुपमा संघर्षको घोषणा गरेका छन् ।
विहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी चैत १७गतेदेखि काठमाडौंमाविशालप्रदर्शनसहित निर्णायकआन्दोलनको घोषणा गरेका छन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का अध्यक्षकुशलभ केसीले वर्षौंसम्म पनि सरकारले वित्तियशोषण गर्ने संस्थाहरुलाई कारवाहीपनिनगर्ने र पीडितहरुलाई न्यायपनिनदिएको भन्दै आक्रोष व्यक्त गरे ।
विभिन्न पीडित संगठनहरुको संयुक्तआन्दोलन अबको समयमा निर्णायकबन्ने विश्वास लिदै भने,‘मैले पीडितको पक्षमाआन्दोलन गर्दैगर्दा देशद्रोहीलाई जस्तै ब्यावहार गरियो, राज्यबाटै हत्याको प्रयास भयो । शरीर पीडितहरुकालागिभयो, मारे भने मेरो लास सिंहदरबारको गेट अगाडिजलाइदिनु, मलाई मार्ने जनविरोधीलाई पनिज्यूँदो नछाड्नु ।”
लघुवित्त तथावित्तियशोषणविरुद्धको संघर्ष समितिअध्यक्षमनिराम ज्ञवालीले पीडितहरु न्यायकालागि निरन्तर संघर्षमा रहँदापनि सरकारले नसुनेको र उल्टै पीडितहरुलाई नै दमन गर्न थालेको भन्दै आक्रोष व्यक्त गरे ।
आफूहरुको संगठनसहितविभिन्न संगठनहरुको संयुक्त लडाइँले सरकारलाई जसरी पनि घुँडा टेकाएर न्यायखोसेरै छाड्ने उद्घोष गरे ।
वित्तिय पीडतहरुको आन्दोलनलाई साथदिने प्रतिबद्धता जाहेर गर्दै पूर्व आईजीपीसर्बेन्द्र खनाललेसबै किसिमकावित्तिय पीडितहरु एक ठाउँमा आउनआग्रह गरे ।सहकारी, लघुवित्त तथा मिटरब्याजीलगायतका सबै पीडतहरुको न्यायको बाधक सरकार नै भएको खनालले आरोप लगाए ।
वरिष्ठ अधिवक्ताडा.सुरेन्द्र भण्डारीले पीडतहरुको न्यायकालागि सरकारले आवश्यक रकमको कोष खडा गरेर उनिहरुलाई भुक्तानी गर्ने तथाअपचलन गर्ने संस्था र व्यक्तिलाई कारवाहीकोदायरामाल्याएर असुल गर्न सकिने सुझावदिए । डा.भण्डारीलेवित्तियिशोषणकर्ताहरुलाई संरक्षरण गर्ने नेता,पार्टी तथा सरकारी उच्चओहोदामाभएकाव्यक्तिहरुलाईनागरिक विरोधीको घोषणा गर्नुपर्ने सुझाबदिए । भण्डारीले काठमाडौंमा हुने निर्णायकआन्दोलनमाउपत्यकाबाहिरबाट आउने आन्दोलनकारीहरुमध्येपाँचजनाजतिलाईखाना र बस्ने व्यवस्थापनआफ्नै घरमा गर्ने घोषणासमेत गरे ।उनले आन्दोलन समयभरीकाठमाडौंमा बसोवास गर्ने पीडतहरुले पनिआफ्नो घरमा पाँचपाँचजनाको दरले व्यवस्थापन गर्न सुझाए ।
सत्यर न्यायकोखोजिअभियानकाअध्यक्षतथावरिष्ठ अधिवक्ताधुर्बलालश्रेष्ठले सहकारी तथा लघुवित्त शोषणविरुद्धको आन्दोलनलाई राजधानी केन्द्रीकृतबनाउनु पर्ने सुझाए। श्रेष्ठले आवश्यक परे आफूले आफ्नो ल फर्मलाई पीडितहरुलाई आन्दोलनको समयमा बस्नका लागिव्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।
पूर्व सुरक्षाकर्मी परिषद् नेपालका सल्लाहकार तथाअवकास प्राप्त उपरथिहोमनाथ दवाडीलेवित्तिय समस्याबाट प्रताडित जनताको आन्दोलनमाआफूहरुको ऐक्यबद्धता जाहेर गरे ।
मिसन नेपालकाअध्यक्षतथाअवकास प्राप्तडिएसपी कृष्ण प्रसाद शर्माले अहिलेका नेताहरुको कारण देशकोविश्वमा बेइजतभएको बताउँदै भने,‘डोनाल्ड ट्रम्पले ठगको देश,भारतले भिखारीको देश र चीनले भ्रष्टाचारीको देश भनेर दुत्कारीरहेका छन्, यसको दोषीयी नेताहरु ।’


लघुवित्त तथावित्तियशोषणविरुद्धको संघर्ष समितिकासंरक्षकअगस्तअधिकारीले ३८ महिनादेखि निरन्तर संघर्ष गर्दा पनि नसुन्नुले सरकार पीडकको पक्षमा रहेको पुष्टि भएको बताए ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ)का केन्द्रीयकोषाध्यक्षदेवकुमारश्रेष्ठले सहकारीमा रहेको जनताको खर्बौंकोनिक्षेप सरकारको संरक्षणमा पीडकहरुले पचाउने षड्यन्त्रभएको आरोप लगाए ।
वित्तियशोषणविरुद्ध किसानमजदुर आन्दोलनका संयोजकरमेश तामाङ्लेआफूरुले अब निर्णायकआन्दोलन गर्ने बताए ।उनले मिटरब्याजी समस्याअहिले पनियथावथ रहेकाले मिटरब्याजीजाली तमसुकहरु रद्द गरेमात्रै पीडितले न्यायपाउने बताए ।
संयुक्तउद्योगीव्यवसायीतथा कृषक संघका संयोजकआरबी सदा शंकरलेराष्ट्र बैंकको गलतनीतिका कारण आफूलगायत पीडितहरुलाई १० करोडको जग्गा३ करोडमा लिलाम गराई रोडमा पुर्याएको गुनासो गरे ।
सो आन्दोलनमा सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान(महासंघ), लघुवित्त तथावित्तियशोषणविरुद्धको संघर्ष समिति, मिसन नेपाल, पूर्व सुरक्षा परिषद् नेपाल, वित्तियशोषणविरुद्ध किसानमजदुर आन्दोलन, संयुक्तउद्योगीव्यवसायीतथा कृषक संघ, वैदेशीक रोजगारी ठगी विरुद्ध आन्दोलन्, कृष किसानमहासंघ, यातायातमजदुर व्यवसायी पीडत महासंघ गरेर ९ वटा वित्तिय समस्या समाधान संयुक्त राष्ट्रिय अभियानमहासंघको नामबाट संयुक्त र निर्णायकआन्दोलनको घोषणा गरेका छन् ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्