spot_img
घरराष्ट्रिय समाचारसामाजिक सञ्जालमा गालि गरेर स्टन्ड गरेर मात्र देश बन्दैन उपमेयर डंगोल

सामाजिक सञ्जालमा गालि गरेर स्टन्ड गरेर मात्र देश बन्दैन उपमेयर डंगोल

- Advertisement -spot_img


काठमाडौं ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामाजिक सञ्जालमा स्टन्ड गर्दैमा देश नबन्ने बताएकी छिन् ।
बिहीबार लोकतन्त्रदिवसको अवसरमा भृकुटीमण्डपमा नेकपाएमालले आयोजना गरेको यूथ सेलिब्रेसन कार्यक्रममाबोल्दैउनले मेयर बालेन शाहलाई लक्षितगर्दै सामाजिक सञ्जालमाअरुलाई गालि गरेर स्टन्ड गरेर मात्र देश नबन्ने भन्दै इमान्दारितापूर्वक काम गर्नु पर्ने बताईन् ।
उनले भनिन्, ‘अहिले हामीले देख्छौं । धेरै जनाले स्टन्ड गर्नुहुन्छ ।बोल्नुहुन्छ । पपुलर बन्नुहुन्छ । पपुलिष्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ । अरुलाई गालि गरेरनै देश बन्छ जस्तो पनि लाग्छ । तर स्टन्ड गरेर देशबन्दैन । देशबनाउने हो भने काममाइमान्दारिता हुनुपर्छ । त्यसैले हामी स्टन्ड गर्ने युवा हैनौं । कामगर्नेयुवाबनौं,हामी अराजकयुवा हैनौं ।’
त्यस्तै, उनले संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहेको कारण त्यसले धेरैलाई पोलेर आफूमाथि आक्रमण भएको बताईन् । त्यस्तै उनले प्रधानमन्त्री केपीओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको बताइन्।
उनले भनिन्,‘मैले गरेको काम देश र सहरभित्रमात्रै होइन, अन्तराष्ट्रिय रुपमापनिकाठमाडौंमा गरेको राम्रो कामको अनुभव साट्नको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे, त्यसले पनिधेरैलाईपोल्यो। कुनै आधारविहिनलेख्नलाई पनि छेकेन जथाभावीबोल्न र कमेन्ट गर्नका लागि छेकेर जथाभावी आक्रमण निरन्तर गरिरहे ती आक्रमण गर्नेव्यक्तिहरु राष्ट्रविरोधीहुन् अहिले पनितीतत्वहरु सल्बलाइरहेका छन्। यो म मा मात्रसिमित छैन् । प्रधानमन्त्री केपीओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारणले थुप्रै आक्रमणहरु खेप्नुपरेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्