
रौतहटको चन्द्रपुर नगरपालिकाले स्वास्थ्य संस्था संचालन, स्वीकृतीतथानवीकरणको लागिआवेदनदर्ता गर्नआव्हान गरेको छ । नगरपालिकाले आइतबार चौथो पटक सूचनाप्रकाशन गरि सो आव्हान गरेको हो ।
नगर क्षेत्रभित्र रहेका स्वास्थ सेवा संचालन गर्न जनस्वास्थ सेवा ऐन २०७५, जनस्वास्थ सेवानियमावली २०७७, स्वास्थ संस्था संचालनमापदण्ड २०७७तथाचन्द्रपुर नगरपालिका स्वास्थ ऐन २०७९ स्वबिकृत भई संचालनमाआएकाले सोहीअनुसार दर्ता गर्ने नगरपालिकाले आव्हान गरेको सूचनामाभनिएको छ ।
चन्द्रपुर नगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत किरणनिधितिवारीकाअनुसार यहाकानिजि , समुदायिक , गैरसरकारी वा सहकारी स्तरका स्वास्थ्य संस्थाहरुले सूचनाप्रकाशितभएको मितिले १५ (पन्ध्र) दिनभित्र स्वीकृतीतथानवीकरण गर्न भनिएको छ । यस अवधिमातोकिएको कागजात सहित रितपुर्बक आवेदनदर्ता गर्न आग्रह गरिएको नगरपालिकाकाप्रमुखप्रशासकियअधिकृत तिवारीले जानकारी दिए ।
यस सूचनाको अवज्ञावाअटेर गरि बसेमा प्रचलितकानुनबमोजिमअनुगमन गरि कारवाही गरिने उनले जानकारी दिए । स्थानीय सरकार ऐन २०७४ मन्त्री परिषदबाट स्वीकृत कार्य विस्तृतीकरणउल्लेखित स्थानीयतहमा सर्व सुलभ र गुणस्तरीय स्वास्थ्य सेवाप्रदान गर्नु पर्ने जिम्मेवारी रहेको चन्द्रपुर नगरपालिकाले जनाएको छ । हालै मधेश प्रदेशकामुख्यमन्त्री सतिस कुमार सिंहले चन्द्रनिगाहपुरका ११ वटा अस्पतालको अनुगमन गरि १० वटाबन्द गर्न निर्देशनदिएकाथिए ।
