नेपाली उसु खेलाडी विजय सिन्जालीले उसुको थाउलो विश्व कपमा कास्य पदक जितेका छन्।
जापानको योकाहा सहरमा जारी तेस्रो विश्व कपको मेन्स जान्सुमा ९.६३६ अंक प्राप्त गर्दै विजयले नेपालका लागि ऎतिहासिक पदक जितेको कुरा नेपाल उसु महासंघका महासचिव ल्हाक्पा छिरिङ लामाले जानकारी दिएका हुन् । छनोट चरण पार गरेर फाइनल राउन्डमा प्रतिस्पर्धा गरेका ९ खेलाडी मध्य विजय सिन्जालीले कास्य पदक जित्न सफल भएका हुन्।