spot_img
घरविविधतिहारपछि कालीमाटीमा गोलभेँडा सस्तियो, यस्तो छ तरकारी भाउ

तिहारपछि कालीमाटीमा गोलभेँडा सस्तियो, यस्तो छ तरकारी भाउ

- Advertisement -spot_img

कालीमाटी होलसेल बजारमा तिहारपछि गोलभेँडा केही सस्तिएको छ । दुई साताअघि प्रतिकिलो १५० रुपैयाँसम्म पुगेको गोलभेँडा अहिले १ सयमुनि झरेको छ ।

मंगलबार ठूलो गोलभेँडा ९० र सानो गोलभेँडा ८० रुपैयाँमा कारोबार भएको छ । गत बुधबार ठूलो/सानो गोलभेँडा प्रतिकिलो १२० रुपैयाँ थियो । त्यस्तै टनेल गोलभेँडाको भाउ मंगलबार १०० रुपैयाँ प्रतिकिलो रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । एक साताको अवधिमा रातो आलु प्रतिकिलो ५ रुपैयाँ बढेको छ । गत बुधबार रातो आलु ८५ रुपैयाँ रहेकोमा यस दिन प्रतिकिलो ९० रुपैयाँ छ ।

त्यस्तै प्याज ११५, स्थानीय काउली १२०, डल्लो भन्टा ७०, लाम्चो भन्टा ६०, तने बोडी १४०, घिउ सिमी ६०, टाटे सिमी ७०, तिते करेला अधिकतम ८० रुपैयाँ छ । चिचिन्डो ४०, घिरौंला ६०, भिण्डी ८०, बरेला ६०, इस्कुस ३०, रायो साग १००, चमसुर साग २००, तोरीको साग ९० तथा मेथीको साग २०० रुपैयाँ किलोमा कारोबार भएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
हामीसँग जोडिनुहोस्
16,985प्रशंसकजस्तै
6,770अनुयायीहरूलाईपालन
2,458अनुयायीहरूलाईपालन
61,453ग्राहकहरुसदस्यता
पढ्नै पर्ने
- Advertisement -spot_img
छुटाउनु भयो कि ?
- Advertisement -spot_img

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्