नागरिकता विधेयकको विरोध गर्दा पक्राउ परेका तीन युवा रिहा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक र एमसीसीको विरोध गर्दा पक्राउ परेका तीन युवा रिहा भएका छन् ।
भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्दा प्लेकार्डसहित नागरिकता विधेयक खारेज गर, एमसीसीको मतियार मुर्दावाद, राष्ट्रियताको रक्षा गरौं, स्वाधीनताको रक्षा गरौंजस्ता नारा लगाउने सोम शर्मा ,बिप्लव खड्का र अर्जुन पौडेललाई सुरक्षाकर्मीले पक्राउ गरेको थियो।अखील नेपाल खेलकुद महासंघका केन्द्रीय सदस्य पशुपति खड्का सुदिपका अनुसार राष्ट्रघाती कदमको विरोध गरेर दुई दिनदेखि हिरासतमा रहेका उनीहरुलाई ,नागरिकको व्यापक जन दबाबपछि अहिले रिहा गरिएको हो। पक्राउ परेका तीनै जनालाई मालिगाउँ प्रहरी बृत्तमा राखिएको थियो ।

Leave a Reply

Your email address will not be published.