पीएसजीलाई ट्रफी डेस च्याम्पियन्सको उपाधि

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ट्रफी डेस च्याम्पियन्सको उपाधि जितेको छ । आइतबार राति सम्पन्न खेलमा नान्टेसलाई ४-० गोल अन्तरले हराउँदै पीएसजीले उपाधि जितेको हो ।

पीएसजीलाई जित दिलाउने क्रममा नेयमारले दुई गोल गरे । लियोनल मेस्सीले खेलको २२ औं मिनेटमा गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा नेयमारले गोल गर्दै पीएसजीको अग्रतालाई दोब्बर बनाए । खेलको ५७ औं मिनेटमा सर्जियो रामोसले गोल गर्दै पीएसजीलाई ३-० को अग्रता दिलाए । खेलको ८१ औं मिनेटमा जिन चार्लेसले रातो कार्ड पाएपछि नान्टेस १० खेलाडीमा समेटियो । त्यसपछि खेलको ८२ औं मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *