भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग नेपाल सरकारले निवेदन माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आगामी २८ गतेभित्र मन्त्रालयमा इमेलमार्फत् निवेदन दिनको लागि सूचना गरेको हो ।
भारतले भने हाल गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ यही बेलामा उद्योग मन्त्रालयले भारतबाट गहुँ र चिनी आयात गर्न इच्छुक उद्योगी व्यवसायीसँग निवेदन माग गरेको हो । निवेदन दिंदा चिनी र गुहँका लागि मन्त्रालयको वेबसाइटमा रहेको छुट्टाछुट्टै फारम भर्नुपर्नेछ । यसैगरी निवेदनको साथमा उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, आयात-निर्यात इजाजतपत्र र क्वारेन्टिन लगायतका इजाजतपत्र नोटरी प्रमाणित गरी पठाउनु पर्ने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।