लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा किसानलाई ३६ लाख वितरण

वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्न लाङ्टाङ राष्ट्रिय निकुञ्जले किसानलाई रु ३६ लाख राहत रकम वितरण गरेको छ । जङ्गली जनावरले घाइते बनाएका व्यक्तिको उपचार खर्च, भालु, बँदेलद्वारा अन्नबाली क्षति तथा चितुवाबाट चौपायाको नोक्सान भएका किसानलाई क्षतिपूर्तिवापत उक्त रकम प्रदान गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भटृराईका अनुसार किसानलाई गत एक वर्षको अवधिमा उक्त राहत रकम वितरण गरिएको हो । राहत पाउनेमा पशु चौपाया नोक्सान भएका ८१, अन्नबाली क्षतिका चार सय आठ तथा वन्यजन्तुको आक्रमणबाट घाइते भएका पाँच स्थानीय बासिन्दा छन् ।वन्यजन्तुको आक्रमणबाट घाइते भएका व्यक्तिको हकमा सरकारी अस्पतालमा उपचार भएको बिलबमोजिम र अन्नबाली तथा चौपाया क्षतिका सम्बन्धमा मापदण्डको परिधिभित्र रही स्थानीय मूल्याङ्कनका आधारमा क्षतिपूर्ति प्रदान गरिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *