कम्बोडियामा डुङ्गा पल्टिँदा २३ चिनियाँ नागरिक बेपत्ता

कम्बोडियाको तटीय क्षेत्रमा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएको जानकारी शुक्रबार एक स्रोतले दिएको छ ।
कुल ४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार समितिलाई बताएका थिए । उक्त डुङ्गामा सवार अन्य १८ जनालाई उद्धार गरिएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *