मेरो संकल्प पत्र

नेपाली समाजलाई दलहरूको स्वार्थ र अवाञ्छित क्रियाकलापहरूले जनतामा आफ्नो भविष्य प्रति चरम निराशा र राजनैतिक पार्टीहरूप्रति बितृष्णा बढ्दो छ। तर वि.सं. २०७९ वैशाख महिनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशका थोरै तर केन्द्रीय शरहरूमा भएपनि स्वतन्त्र उम्मेदवारहरूको विजय र तत् पश्चात् उनीहरूको कार्यसम्पादनको वेग र हुटहुटी हेर्दा देशको विकास, देशभक्ति, सुशासन र दिगो आर्थिक समृद्धि केवल शिक्षित, योग्य र युवा उम्मेदवारबाट मात्र सम्भव छ भन्ने कुरामा जनता विश्वस्त र आशावादी रहेको देखिएको छ।त्यसमाथी पनि नयाँ, सक्षम, योग्य, शिक्षित, भिजन भएको देशभक्त स्वतन्त्र युवाले मात्र जनताको लागि निश्वार्थ भएर काम गर्न सक्ने कुरा आम नागरिकहरुले अनुभव गरिसके । अहिलेको विश्वमा तपाई कुन वाद मान्नु हुन्छ, त्यसले कुनै तात्विक महत्व राख्दैन, महत्व त तपाई र तपाइँको देश कतिको आर्थिक रूपमा सम्पन्न र भु-रणनैतिक रूपमा सफल छ भन्ने कुराले राख्दछ ।स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश अध्ययन र अनुभव गरेको आधारमा मेरो सम्पूर्ण भविष्यको क्रियाकलापहरू र कार्ययोजनाहरूदिगो आर्थिक समृद्धि,सुशासन र पर्यावरण मैत्री पूर्वाधार विकासवादबाट निर्देशित रहने छन्।त्यसको लागि मैले आम नागरिकको छलफलबाट आएका निम्न जन चाहना अनुसारको प्रतिबद्धताहरूमा आधारित भएर सम्पूर्ण काम गर्ने छु भनी यो संकल्पपत्र प्रस्तुत गरको छु।मेरो प्रतिबद्धताहरूनिम्नअनुसार राष्ट्रिय र स्थानीय एजेन्डाहरूमा वर्गीकरण गरेर प्रस्तुत गरेको छु।

राष्ट्रिय एजेन्डाहरू

१)राजनैतिक प्रतिबद्धताहरू

क) प्रदेश खारेजी: आम नागरिकहरूलाई५ वर्षको बीचमा २० खर्व ऋण बोकाउन सफल विदेशी एजेन्डा संघियता खारेजी गर्न ढिलाइ भइसकेको छ। सानो भूगोल र थोरै जनसंख्या भएको देशमा प्रदेश संरचना बोझिलो, झन्झटिलो र प्रभावविहीन भएको हुँदा देशलाई केन्द्रीय र स्थानीय सरकारको दुई तहको राज्य प्रणालीमा लैजान पहल गर्नेछु।राज्यको अर्थनीति,कूटनीति, सीमा, भ-रणनीति, मुद्रा, सेना, संविधान र हवाई सम्बन्धी अधिकार केन्द्रीय सरकारले हेर्ने र बाँकी सबै स्थानीय सरकारको क्षेत्राधिकारमा राख्नेगरी अधिकार प्रत्यायोजन गर्ने मेरो प्रयास हुनेछ ।

ख)प्रगतिशील लोकतन्त्र: नागरिकहरूको प्रत्यक्ष मतदानमार्फत चुनिएको राष्ट्रप्रमुख जनता प्रति उत्तरदायी र संवेदनशील हुने र जस र दोष दुबैको लागि भागि बन्ने हुँदा प्रत्यक्ष निर्वाचित राष्ट्रप्रमुखको लागि पहल गर्ने।त्यस्तै, राष्ट्र प्रमुखले विज्ञता, इमान्दारीता, क्षमता र देशभक्तिको आधारमा मन्त्रीहरू नियुक्त गर्ने वा हटाउन पाउने अधिकार प्रत्यायोजन गर्ने, सांसद सरकारमा सहभागी हुन नपाउने तर सरकारलाई चाहिने नीति नियम तर्जुमा गरि दिने र सरकारलाई प्रतिपक्षको रूपमा बसेर रचनात्मक सहयोग गर्ने व्यवस्था गरी शक्ति पृथकीकरणको सिद्धान्त प्रति पूर्ण प्रतिबद्ध हुने व्यवस्था लागू गर्ने प्रयास गर्ने। समानुपातिक निर्वाचन प्रणाली खारेज गर्ने र सांसदको संख्या घटाउन निर्वाचन क्षेत्र हेरफेर गर्ने।

ग)राजनीतिमा योग्य व्यक्तिलाई प्रोत्साहन गर्न, राजनीतिलाई उत्तरदायी बनाउन सर्वोच्च अदालतबाट समेत आदेश भएको ‘right to reject’, ‘right to recall’ को व्यवस्था समर्थन गर्दै लागू गर्ने। त्यस्तै विदेशमा रहनुभएका सम्पूर्ण मतदान गर्न योग्य नेपाली नागरिकहरूलाई विदेशबाटै मतदानमा सहभागी हुन सक्ने व्यवस्था गर्ने।

घ)देशलाई धार्मिक स्वतन्त्रता र सहिष्णुता सहितको सनातनी धर्म सापेक्ष राज्य पुनर्स्थापना गर्ने र संघियतालाई जस्तो विवादास्पद सवालहरू जनमत संग्रहले टुंगो लगाउने ।

ङ)संविधानमा प्रयुक्त भएका विभेदपूर्ण प्रावधानहरू सच्याउने र संविधानमा रहेका असहमतिहरूलाई राष्ट्रिय अखण्डता र सार्वभौम सत्तामा खलल नपर्ने गरी संशोधन गर्ने ।

च)नेपालको आर्थिक, राजनीतिक, भू-रणनैतिक र वैदेशिक नीति आफ्नो स्वतन्त्र पहिचान र अस्तित्व कायम राख्दै समानता, राष्ट्रिय सुरक्षा र देशको लागि आर्थिक रूपमा लाभर भू-रणनीतिक रूपमा हित हुने आधारमा थिंक ट्यांक मार्फत गरिनेछ।

२)            शिक्षा र स्वास्थ्यसम्बन्धी प्रतिबद्धताहरू

क)आम नागरिकको स्वास्थ्य र शिक्षाको जिम्मा राज्यले लिनुपर्ने। कोही पनि नागरिकले आर्थिक अवस्थाकै कारण देश भित्रै दुई वर्गीय विभेद पूर्ण स्वास्थ्य र शैक्षिक सेवा लिनुपर्ने अवस्थाको अन्त्य गर्ने। त्यसको लागि राज्यले वैज्ञानिक कर प्रणाली लागू गरेर श्रोत व्यवस्थापन गर्ने र स्वास्थ्य र सेवामा सुधार र एकरूपता ल्याउने। देशभरिका सम्पूर्ण शैक्षिक संस्थामा एकै पाठ्यपुस्तक अध्ययन अध्यापन गराउने ।

ख)          माध्यमिक शिक्षालाई व्यावसायिक र रोजगारी मूलक बनाउने र माध्यमिक तह पार गर्दै गर्दा कुनै एउटा सीपमा दखल भएको जनशक्ति उत्पादन गर्ने। माध्यमिक तहको अध्ययनमा नैतिक शिक्षा अनिवार्य गर्ने ।

ग) प्राविधिक शिक्षा ९चिकित्सा, इन्जिनियरिंग,कानुन आदि० अध्ययन गर्नको लागि देशमा आवश्यक पर्ने जनशक्तिको आँकडा अनुसार कोटा निर्धारण गर्ने र प्रतिस्पर्धाको आधारमा अनुसन्धान र आविष्कार मुखी शिक्षा प्रदान गर्ने।

घ) विशिष्ट पदाधिकारीहरूलाईविदेशमा उपचार गर्न राज्य कोषबाट रकम निकासामा पूर्णतया रोक लगाउने।

३)            रोजगार र अर्थतन्त्रसम्बन्धी प्रतिबद्धताहरू

क)          नेपालमा अहिले व्यापारशोधनान्तर घाटा बढ्दो छ र कृषि, इन्धन र बिलासीताको बस्तु आयात र तुलनात्मक रूपमा न्यून निर्यात नै यसको कारण हुन्। सो अवस्था सुधार गर्न राज्यले कृषि, जलविध्युत, पर्यटन र खानी उद्योगमा विशेष प्राथमिकता दिनेछ र उद्योग स्थापना तथा संचालन मैत्री नीति तर्जुमा गरिनेछ जस्तै उद्योग स्थापनाको प्रक्रिया सहज गर्ने, ठूलारोजगार दाताउद्योगहरूलाई करमा भारी छुट, प्राविधिक अनुसन्धान मूलकउद्योगहरूलाई राज्यबाट प्रोत्साहन र कर छुट।वैज्ञानिक र प्रगतिशील कर प्रणाली लागू गर्ने।

ख)व्यापार सुरु गर्नअवधि, निर्माण सम्बन्धी परमिट, विद्युत कनेक्सन पाउन लाग्ने प्रक्रिया, समय, खर्च र न्यूनतमपूँजीको मापदण्ड घटाउने, सम्पत्ति किन्ने देखि ऋण प्राप्त गर्ने, लगानी कर्ता मैत्री नीति, कर, अन्तर्देशीय व्यापारको सहजता, करारका प्रक्रिया रresolving insolvency जस्ता मुद्दामा सहजी करण गरेर Ease of doing business ranking सुधार गर्ने।नेपालमा आवधिक रुपमा औद्योगिक प्रदर्शनी र लगानी सम्मेलन आयोजना गरेर आन्तरिक र बाह्य लगानी बढाउने।

ग)देशमा सरकारी र गैरसरकारी क्षेत्रका रोजगार र सेवा क्षेत्रमातलव वृद्धिभन्दा पनि महँगी र बिचौलियाको क्रियाकलाप नियन्त्रण गर्नेकानुन तर्जुमा गर्ने।

घ)शेयर बजार मैत्री नीति तर्जुमा र कार्यान्वयन गर्ने ।

ङ)कागजी मुद्रा विस्थापित गर्दै डिजिटल मुद्राको लागि नीति तथा पूर्वाधारमा जोड गर्ने ।

च)स्थानीय स्तरमा उत्पादन गर्न सकिने वा परम्परागत रूपमा उत्पादन हुँदै आएका रक्सी,जडीबुटी, रक्तचन्दन, गाँजा, अल्लो, लोक्ता जस्ता उत्पादनलाई ब्रान्डीङ गर्ने र अन्तर्राष्ट्रिय बजारमा बेच्ने जसले गर्दा अर्थतन्त्र उत्पादनमुखी र निर्यातमुखी हुनेछ र दिगो आर्थिक समृद्धि प्राप्त गर्न सहयोग गर्नेछ ।

४)           कृषि र पर्यटनसम्बन्धी प्रतिबद्धताहरू

क)कृषि व्यवसायी करणर आधुनिकीकरण गर्नको लागि सिँचाई, मल खाद र उन्नत बीउ बिजन समयमा नै उपलब्ध गराउने। सिँचाइको लागि भइरहेका आयोजना स्तरोन्नति गर्ने र नयाँ आयोजना पहिचान गरेर निर्माण गर्ने। नेपालमा नै रासायनिक मल उत्पादन गर्न कारखाना स्थापना गर्न पहल गर्ने।

ख)कृषि ऋणको ब्याजमा सहुलियत, कृषि बीमा र कृषि अनुदानको व्यवस्थापन गर्ने। किसानलाई प्रत्येक आर्थिक वर्षको सुरुवातमा सरकारले प्रत्येक कृषि उत्पादनको न्यूनतम समर्थन मूल्य घोषणा गर्नेव्यवस्था गर्ने ।

ग)जानकी मन्दिर, लुम्बिनी, पशुपति र मुक्तिनाथ धामलाईधार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने। हिमाल आरोहण, राफ्टिंग, ट्रेकिंग जस्ता साहसिक पर्यटकीय क्रियाकलापहरूलाई पर्यावरण मैत्री बनाएर अन्तर्राष्ट्रिय संचार र कूटनीतिक नियोग मार्फत प्रचारप्रसार गर्ने।

५)पूर्वाधारसम्बन्धी प्रतिबद्धताहरू

क)देशका विभिन्न क्षेत्र र स्थानहरूको पहिचान र सम्भाव्यता अनुसार सांस्कृतिक, औद्योगिक र पर्यटकीय पूर्वाधार विकासमा जोड दिइनेछ।काठमाण्डौ उपत्यका, लुम्बिनी जस्ता क्षेत्रलाई परम्परागत पहिचान र शैली अनुसारको पूर्वाधार विकास, औद्योगिक क्षेत्र सम्भाव्य स्थानमा आधुनिक औद्योगिक पूर्वाधारहरू र साहसिक पर्यटकीय क्षेत्रहरूलाई पर्यापर्यटनमैत्री पूर्वाधार विकासमा जोड दिइनेछ। सम्पूर्ण पूर्वाधार वातावरणमैत्री र अपाङ्ग मैत्री हुनेछन्।

ख)छरिएर भन्दा एकीकृत तवरले जनसंख्यालाई राखेर केन्द्रिकृत (octopus)मोडेलमा पूर्वाधार विकास गरिनेछ जसले गर्दा सीमित पूंजी, प्राकृतिक श्रोत साधनको प्रयोगले ठुलो भौतिक पूर्वाधार तयार गर्न सकिन्छ।

ग)आयोजना छनौट गर्दा उत्पादनमुलक उद्योग छनौट गरिनेछ र सार्वजनिक निजी सहभागिताको अवधारणा अनुसार आयोजना निर्माण संचालन हुनेछन्।

घ)प्रत्येक जिलले एकीकृत आम परिवहन व्यवस्थापन योजना तयार गरेर लागु गरिनेछ र शहरी क्षेत्रमा सवारीसाधनको चाप घटाउन र सार्वजनिक सवारी प्रयोग गर्न प्रोत्साहन गरिनेछ।

६)सुशासनसम्बन्धी प्रतिबद्धताहरू

क)राज्य संचालनका सम्पूर्ण क्रियाकलापहरु विधिको शासन, जवाफदेहिता, पारदर्शीता र उचित व्यक्ति उचित पदको आधारमा हुनेछन्। सम्पूर्ण संबैधानिक आयोगका नियुक्ति लिखित परीक्षाको आधारमा गरिनेछ। राज्य संचालनका सम्पूर्ण अंगहरुलाई स्वायत्तता प्रदान गरिनेछ र राजनीतिक हस्तक्षेपबाट पर राखिनेछ ।

ख)सार्वजनिक पद धारण गरेका सम्पूर्ण व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र अवैध देखिएका सम्पूर्ण गैह्र कानुनी सम्पत्ति जफत गर्ने र नियम परिमार्जन गरेर भएपनि हदैसम्म कारबाही गर्ने। भ्रस्टाचारमा शून्य सहनशीलता राखिनेछ।

ग)राज्यले प्रदान गर्ने सम्पूर्ण सेवा सुविधा र आम नागरिकहरुले यथास्थानमा बसेरै अनलाइनमार्फत कर तिर्ने वा अन्य सम्भव भएसम्मको सुविधा लिन सकिने व्यवस्था गरिनेछ।

घ)राज्यबाट पूर्व विशिष्टको नाममा दिँदै आएको सम्पूर्ण सेवा सुविधा खारेज गर्ने ।

ङ)न्याय सम्पादनमा हुने गरेका प्रक्रियागत ढिलासुस्ती हटाएर द्रुत न्याय सम्पादनको लागि संक्षिप्त कार्यविधि लागु गर्ने।नेपालको कानुनमा विद्यमान दण्डरजरिवानाहरु पुनरावलोकन र अध्यावधिक गर्ने।विशेषगरी संक्रमणकालीन मुद्दाहरूलाईएक वर्षभित्र किनारा लगायर द्वन्दकालीन मुद्दा किनारा लगाउन प्रयास गर्ने।

७)बिबिध

क)आम नागरिकहरू बीच समान अवसर, श्रोत र साधनको सम न्यायिक वितरण गर्ने र न्यूनतमआवश्यकताहरू पुरा गर्न नसक्ने ज्येष्ठ नागरिक, बालबालिका, असहाय, अपांगता भएका व्यक्तिहरू, यौनिक र लैंगिक अल्पसंख्यक, बेरोजगार, बिपन्न तथा गरिब नागरिकहरूको लागि राज्यले सामाजिक सुरक्षा प्रदान गर्ने।

ख)मानवीय खुशी र स्तरीय जीवन प्रणाली जिउन सामाजिक कलह र अपराधमा न्यूनीकरण हुनु आवश्यक छ र त्यसको लागि योग, ध्यान, मानवीय मर्यादा र प्राकृतिक नियमहरुको समुचित मिश्रणमार्फत मानिसलाई आत्मीय सुख प्रवर्धन गर्न आध्यात्मिक केन्द्रहरु देखि रेडलाईट एरिया समेत निर्धारण गरिनेछ।

ग)नेपाली मुद्रालाई अमेरिकी डलरसँग पेग गर्ने ।

घ)सुरक्षा संस्थाहरूलाई अनुसन्धान र आविष्कार केन्द्रको हब बनाउने ।

ङ)विद्युतिय परिवहनमा लगाइएको अनावश्यक कर कटौती गर्ने ।

च)राष्ट्रिय योजना आयोग सबलीकरण गर्ने र राजनीतिक हस्तक्षेप मुक्त गराउने र evidence based policy making मा जोड दिने ।

छ)श्रमदान, प्राकृतिक प्रकोप व्यवस्थापन, राष्ट्रिय गौरवका कार्यक्रमका लागि देश व्यापी स्वयम् सेवक दस्ता निर्माण तथा आवश्यकता अनुसार तैनाथ ।

ज)कलाकारिता र खेलकुद क्षेत्रलाई थप प्रतिस्पर्धी, सम्मानित र व्यावसायिक बनाउन राज्यले सहजी करण र लगानी गर्ने ।

झ)नेपालका सम्पदा, संस्कृति, गुठी जोगाउन राज्यले अभियान र प्रवर्धन गर्ने।

स्थानीय एजेण्डाहरु

क)पैदलमार्ग, तार, पोल, पार्किंग र बसस्टप व्यवस्थित गर्न तिन वटै स्थानीय तहसँगसमन्वयकारी भूमिका खेल्ने ।

ख)तारे भीर, मनिचुड र सुन्दरीजलक्षेत्रलाई एकीकृत पर्यटकीय क्षेत्रको रूपमाविकास गर्न गुरुयोजना तयार गर्ने ।

ग)बागमती पीडितसमूहले पाउनु पर्ने मुआवजा दिलाउने ।

घ)वर्षा याममा परेको पानीको कारण डुबान हुनु यस क्षेत्रको नियति रहेको छ। त्यसको लागि प्राविधिक हिसाब गरेर ढल र मंगलको आकार यकिन गरेर पुनस् निर्माण गर्ने। हरेक वर्षाको सुरुवात र समाप्तिसँगै यस क्षेत्रका सम्पूर्ण सडक र ढल मर्मत र सफाइ गराउने ।

ङ)दिगो फोहर व्यवस्थापनको लागि कार्यक्रम ल्याने।

च)क्षेत्र नम्बर (३ का स्थानीयलाई मात्र लक्षित गरेर उद्योग स्थापना गर्ने र रोजगारी प्रदान गर्ने ।

छ)क्षेत्र नम्बर ३ भित्रका सम्पूर्ण सरकारी र सार्वजनिक जमिनलाई पहिचान गरेर सार्वजनिक उपयोगमा ल्याउने ।

ज)पशुपति,बौद्ध,गोकर्ण सर्किटलाई प्रवर्धन गरेर पर्यटकीय सम्भावना बढाउने।

झ)व्यावसायिक भूमिगत पानी दोहनरजमिन खण्डिकरण जस्ता पर्यावरणमाथिका अत्याचारलाई रोक्ने ।

ञ)क्षेत्र नम्बर ३ का सम्बेदनशील क्षेत्रमा अअतखजडान गर्ने र सडक बत्तीको व्यवस्था गर्ने।

ट)बौद्ध,साँखु सडकमा रहेको बागमती पुल पुरानो र साँघुरो भएको कारण त्यहाँ नयाँ सिग्नेचर पुल निर्माणको लागि पहल गर्ने ।

ठ)यस क्षेत्र नम्बर ३ का विभिन्न सडक खण्डहरूको अवस्था नाजुक रहेको र बर्षौ सम्म पनि नबनेको कारण यी सडक निर्माण प्राथमिकतामा राख्ने।

                                            धन्यवाद ।।।

(लेखक प्रतिनिधि सभाको काठमाण्डौ निर्वाचन क्षेत्र नं ३ लौरो चुनाब चिन्हका उम्मेदवार ई.द्वारिका अधिकारी हुनुहुन्छ।)

Leave a Reply

Your email address will not be published.