घट्न थाल्यो रातो आलुको मूल्य

रातो आलुको मूल्य प्रतिकिलो ९९ रुपैयाँ पुगेर ओरोलो लागेको छ । पछिल्लो २ वर्षयताकै महँगो बिन्दुमा पुगेर रातो आलुको मूल्य केही घट्न थालेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

शुक्रबार रातो आलुको मूल्य ७८ रुपैयाँ प्रतिकिलो तोकिएको छ । जुन १५ मंसिर २०७७ मा रातो आलुको औसत प्रतिकिलो मू्ल्य ८८ रुपैयाँ पुगेको थियो । त्यसपछि गत २६ असोजमा रातो आलुको मूल्य प्रतिकिलो ९९ रुपैयाँ थोकमा कायम भएको थियो । उक्त मूल्य पछिल्लो २ वर्ष यताकै उच्च थियो । त्यस अघि ९ कात्तिक २०७७ मा आलुको थोक बिक्री मूल्य ११४ रुपैयाँ प्रतिकिलो पुगेको थियो ।बजार विकास समितिकाअनुसार यो वर्ष गत वैशाखदेखि रातो आलुको मूल्य बढ्न सुरु भएको थियो । १५ वैशाखमा प्रतिकिलो २८ रुपैयाँ प्रतिकिलोमा कारोबार भएको आलुको मूल्य त्यसयता भने निरन्तर बढेको थियो । ६ महिनामा किलोमा ७१ रुपैयाँले बढेको आलुको मूल्य कात्तिकदेखि भने घट्न सुरु भएको हो ।बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठकाअनुसार काभ्रेको नालामा फलेको आलु यो सिजनकै पहिलो रातो आलु भएका कारण महँगो भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *