सहज जितका साथ नेपाललाई युएईविरूद्धको सिरिज

नेपालले युएईविरूद्धको तीन खेलको एकदिवसीय सिरिज जितेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्णायक तथा तेस्रो एकदिवसीय खेलमा युएईलाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज २-१ ले जितेको हो।
यसअघि नेपालले पहिलो खेल ८४ रनले गुमाउँदा दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो। अन्तिम खेलमा भने युएईले दिएको १७७ रनको लक्ष्य नेपालले ४०.१ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो।नेपालका लागि आसिफ शेखले सर्वाधिक रन जोडे। उनले नटआउट ८८ रन जोडे। उनले ११९ बल खेल्दै १२ चौका हिर्काए।त्यसअघि ज्ञानेन्द्र मल्लले पनि अर्धशतक प्रहार गरेका थिए। उनले ६४ रनको योगदान गरे।ओपनर अर्जुन साउद ९ रनमा आउट भए। कप्तान रोहितकुमार पौडेल १० रन र दीपेन्द्रसिंह ऐरी शून्यमा आउट भए। दुवै जना रनआउटको सिकार बने।


टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको युएई ५० ओभरमा ९ विकेटको क्षतिमा १७६ रन जोड्यो।
३२ ओभर चल्दै गर्दा ९३ रन बनाउँदा ९ विकेट गुमाएको युएईका लगि आयन खानले नटआउट ५४ रन जोडे भने हजरत विलालले २० रन जोडे। दुईबीच दशौं विकेटका लागि १७.५ बलमा नटआउट ८३ रनको साझेदारी भयो। बलिङमा नेपालका गुल्शन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २-२ विकेट लिए। सोमपाल कामी र ललितनारायण राजवंशीले १-१ विकेट लिए।

Leave a Reply

Your email address will not be published.