नेपालमा पर्यटक आगमन मासिक औसत साढे ४९ हजार नाघ्यो

नेपालमा पर्यटक आगमन प्रति महिना औसत ४९ हजार ६५६ जना पुगेको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै जनाए अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् ।

यसअनुसार प्रतिमहिना ४९ हजार ६५६ जना पर्यटक नेपाल आएको देखिन्छ । पछिल्लो ६ महिनायता हरेक महिनाजसो आगमन उत्साहजनक देखिन्छ ।नोभेम्बर २०२२ को एक महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०१९ को तुलनामा ५५.७६ प्रतिशत रिकभर हो ।सन् २०१९ मा कोभिडको प्रभाव पर्यटनमा थिएन । सो वर्ष नोभेम्बर महिनामा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक नेपाल आएका थिए । अक्टोवर २०२२ मा भने ८५ हजार २२६ जना पर्यटक नेपाल आएको अध्यागमनको तथ्यांकले देखाएको छ ।
तथ्यांक अनुसार नोभेम्बर २०२२ मा भारतबाट मात्र २० हजार ८३२ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट ७ हजार ८३१ जना पर्यटक यस महिनामा नेपाल आएका छन् ।
बेलायतबाट ५ हजार १६५ जना र अष्ट्रिलयाबाट ३,३७५ जना आएको देखिएको छ । यो महिनामा बंगलादेशबाट २,२१८ जना पर्यटक आउँदा थाइल्याण्डबाट २,४४१ जना पर्यटक आएका छन् । जर्मनी र फ्रान्सबाट क्रमशः २,२९२ र २,५६१ जना पर्यटक नेपाल आएको अध्यागमनको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *