लण्डन । बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नो कार्यकालको १०० दिन पूरा गरेका छन् ।उनको पूर्ववर्ती लिज ट्रसकोभन्दा दोब्बरभन्दा बढी दिन हो ।
ट्रसको कर कटौतीको योजनाले आतङ्क मच्चाएपछि कन्जरभेटिभ नेताका रूपमा स्थापित ४२ वर्षीय सुनकले अक्टोबर २५ मा प्रधानमन्त्री पद सम्हालेका थिए । उनको आगमनले वित्तीय बजारलाई शान्त पार्नुका साथै खतरनाक आर्थिक मन्दीबाट जोगाएको छ । सुनकले यसै साता स्वास्थ्यकर्मीको एक समूहलाई भनेका थिए, “म प्रधानमन्त्री हुनुभन्दा पहिले जे भएको थियो, त्यसमा म केही गर्न सक्दिनँ । मलाई के लाग्छ भने तपाईले मलाई मेरो निगरानीमा उत्पन्न हुने कुराहरूको सामना कसरी गर्छु भन्नेमा केन्द्रित हुन जरुरी छ ।”