स्वास्थ्य मन्त्रालयले सक्यो ६ महिनामा १४ अर्ब पाँच करोड बजेट

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको चालु आर्थिक वर्षको पहिलो ६ महिनामा २०.२६ प्रतिशत रकम खर्च गरेको छ । 

मन्त्रालयका लागि चालु आर्थिक २०७९÷८० वर्षमा ६९ अर्ब ३८ करोड २ लाख बजेट विनियोजन भएकोमा १४ अर्ब पाँच करोड ६७ लाख खर्च भएको हो । यसआधारमा कुल बजेटको २०.२६ प्रतिशत रकम खर्च भएको सरकारको अर्धवार्षिक बजेट समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published.