भोट माग्दै रास्वपा कार्यालय पुगे सुवास नेम्वाङ

नेकपा (एमाले) तर्फबाट राष्ट्रपति उम्मेदवार बनेका सुवास नेम्वाङ आज विभिन्न दलका कार्यालयमा पुगेर आफूलाई भोट मागिरहेका छन्।

यसैक्रममा उनी बिहीबार दिउँसो राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालयमा पुगेका छन्। बसुन्धरास्थित रास्वपा पार्टीको कार्यालय पुगेका नेम्वाङले रास्वपा सभापति रवि लामिछानेलगायत नेताहरूसँग छलफल गरेका छन्। रास्वपाले राष्ट्रपतिमा कसलाई मत दिने भन्ने निर्णय गरिसकेको छैन। यसअघि नेम्वाङ नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा गएर मत मागेका थिए। एकीकृत समाजवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने निर्णय गरिसकेको छ। नेम्वाङ अब राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा गएर भोट माग्ने कार्यक्रम छ।

Leave a Reply

Your email address will not be published.