उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वप्रति एग्रो फोरमको असन्तुष्टी

उद्योग वाणिज्य महासंघ अन्तर्गतको एग्रोसँग सम्बन्धित संस्थाहरु (एग्रो फोरम) ले आयोजना गरेको कार्यक्रममा अधिकांश संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले हाल कृषि उद्यम केन्द्रले गरेका गतिविधि प्रति असन्तुष्टि जनाउँदै नेतृत्वमाथि प्रश्न उठाएका छन्।

उपस्थित सबैले उद्यम केन्द्रको दुई वर्षसम्म बैठक बस्ने कुरामा ध्यान नदिएको र चुनाव आउन लाग्दा झारा टार्न अन्तिम तिर बैठक राखेको तर सबैलाई समेट्न नसकेको, कृषि सम्बन्धि कुनै पनि समस्याहरुको बारेमा नबोलेको साथै हाल उद्योग व्यवसायले भोगेका समस्याहरुका बारेमा पनि वर्तमान नेतृत्वले बेवास्ता गरेको कुरामा गुनासो गरे ।

कार्यक्रममा एग्रोसंग आवद्ध २२ वटा संस्थाहरु सहभागी रहेको कार्यक्रममा उमेशलाल श्रेष्ठ र हेमराज ढकालको विशेष उपस्थिति रहेको थियो । नेपाल हर्व एण्ड हर्वल प्राेडक्टस् एसोसिएसनका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद घिमिरेले स्वागत मन्तव्य राखे भने कार्यक्रमको संचालन नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले गरेका थिए। त्यसैगरी उपस्थित सबैलाई धन्यवाद ज्ञापन रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाईंले गरे । यसैबीच उपस्थित ३७ जना सबैलाई कृषि उत्पादनहरु राखी सबैलाई मायाको चिनो प्रदान गरियो भने उपहारमा कागजको ब्याग, छुर्पी, टिम्मुर, रुद्राक्षको माला, नेपाली कागजको डायरी, चियापत्ती, कृम, हर्बलका उत्पादन राखिएको थियो ।

Leave a Reply

Your email address will not be published.