‘छक्का पञ्जा–४’ को व्यापार उकालो लाग्दै , ‘छड्के–२’ ओराली झर्दै

गत शुक्रबार रिलिज भएका दुईवटा चलचित्र ‘छक्का पञ्जा–४’ र ‘छड्के–२’ मध्ये चलचित्र ‘छक्का पञ्जा–४’ को व्यापार उकालो लागिरहेको छ भने ‘छड्के–२’ ओराली झर्दैछ । मंगलबार यो चलचित्रले देशकै सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्समा ४६ शो पाएको छ । यसमध्ये बिहान साढे ५ बजेसम्म ७ वटा शो फिलिङ फास्टमा बुकिङ भएको छ ।

यता मंगलबारसम्म आइपुग्दा ‘छड्के–२’ क्यूएफएक्समा ७ शो मा सीमित भएको छ । पाएका शोमा पनि दर्शकको रुचि देखिएको छैन । बुकिङ देखिएको छैन । त्यसैले अधिकांश हलले यसको शो घटाउँदै लगेका छन् । यो सिनेमा उत्रिने चरणमा रहेको देखिएको छ । ‘छक्का पञ्जा–४’ले भने अधिकांश हलमा उच्च व्यापार गरिरहेको कति कतिपय शो हाउसफुल हुने गरेका छन् । यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन् । ‘छड्के–२’ निगम श्रेष्ठ निर्देशित सिनेमा हो । त्यसैगरी ‘छक्का पञ्जा–४’मा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी, बुद्दि तामाङलगायत कलाकार मुख्य भूमिकामा छन् । यता छड्के–२’मा अनमोल केसी, रोविन तामाङ, कमलमणि नेपाल, निगम श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन् ।

Leave a Reply

Your email address will not be published.