श्री केदार मा.वि. मा लाेकनृत्य तथा कविता वाचन प्रतियोगिता सम्पन्न

सोलुखुम्बु। दियालो साहित्य सरगम र मित्रलाल शर्मा स्मृति पुस्तकालयद्वारा आयोजित लाेकनृत्य तथा कविता वाचन प्रतियोगिता नेचासल्यान गाउँपालिकाको श्री केदार माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।

नेचासल्यान गाउँपालिकाकाे आर्थिक सहयोगमा भएको उक्त लोकनृत्य तथा कविता वाचन प्रतियोगिताको पहिलो दिन फागुन २४ गते भएको गाउँपालिकास्तरीय अन्तर विद्यालय (कक्षा ७-१२) लाेकनृत्य प्रतियोगितामा लोकनृत्यतर्फ श्री केदार मावि प्रथम, श्री महेन्द्राेदय मावि द्वितीय र श्री हिमाल दर्शन मावि तृतीय स्थान प्राप्त गर्न सफल भए । उत्कृष्ट भेषभूषातर्फ श्री विपि मावि, सल्यान र उत्कृष्ट नृत्य निर्देशनतर्फ श्री गणेस्थान मावि, गैरीले आफ्नो स्थान सुरक्षित गर्न सफल रहेको आयोजकले जनाएको छ।

त्यसैगरी दोस्रो दिन फागुन २५ गते सञ्चालन भएको कविता वाचन प्रतियोगितामा हिमालदर्शन मा. वि. नेचाका सञ्जीव भण्डारी- प्रथम, महेन्द्रोदय मा. वि. सल्यानकी लक्ष्मी काफ्ले – द्वितीय, केदार मा. वि. नेचाका सिमन राई – तृतीय र विपी संस्कृत मा. वि. सल्यानकी प्रतिभा काफ्लेले सान्त्वना स्थान हासिल गर्न सफल भएका छन् । कविता प्रतियोगितामा प्राज्ञ धिरेन्द्र प्रेमर्षि र कवि घिमिरेले निर्णायकको भूमिका निभाउनुभएको थियो ।

नेचासल्यान गाउँपालिकाका अध्यक्ष श्री धनजन राईज्यूकाे प्रमुख आतिथ्यता तथा सहित्यकार तथा सिस्नाेपानी नेपालका उपाध्यक्ष धिरेन्द्र प्रेमर्षिकाे विशेष आतिथ्यतामा सञ्चालन भएको लोकनृत्य तथा कविता वाचन प्रतियोगितामा शान्ति शर्मा (अध्यक्ष- दियालो साहित्य सरगम), सुप्रसिद्ध गायिका लाेचन भट्टराई, कवि शिव घिमिरे, रूपा झा (मैथिली गायिका), गणेशप्रसाद खतिवडा (छन्द कवि तथा दियालो साहित्य सरगमका उपाध्यक्ष), काेपिला घिमिरे (सदस्य- दियालो साहित्य सरगम), मित्रलाल शर्मा स्मृति पुस्तकालयका संरक्षक ईन्द्र कुमारी शर्मा, नृत्य निर्देशकद्वय विन्द्रकुमार राई र रोहित बहादुर बस्नेत, साहित्यकार लोचन शर्मालगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूकाे उपस्थिति रहेको थियो ।श्री केदार माविका प्रधानाध्यापक एकराज शर्माकाे सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सोही विद्यालयका शिक्षक छवि बास्तोलाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *