अटिजम समस्या भएकाहरुको सिकाइका लागि ‘इडी टेक’ एप सार्वजनिक

काठमाडौं । अटिजम भएकाहरुलाई सिकाईमा सहयोग पु¥याउने दाबी सहित इडी टेक एप सार्वजिनक भएको छ ।
बिहीबार काठमार्डौंमा आयोजित नेपालमा उपलब्ध पहुँचयुक्त शैक्षिक श्रोतहरुको विस्तार कार्यक्रममा अटिजम केयर नेपाल सोसाइटीले Ed tech (android and web application) एप लन्च गरेको हो ।

शिक्षा तथा मानव श्रोत विकास केन्द्रकी निर्देशक डा.दिव्या दवाडीले अटिजम भएकाहरुको सिकाइमा सहयोग पुग्ने उद्देश्यका साथ सो एप लन्च गरिएको बताइन् ।
उनले भनिन् ‘प्रविधिको जमानामा विना प्रविधि अपाङ्गता भएका बालबालिकाका लागि शिक्षा सिकाई गर्ने कुरा ग¥यौं भने फेरी पनि ढुङ्गे युगमा फर्केको जस्तो हुन्छ । अपाङ्गता भएका बालबालिकाले सिकाईको सहयोग पाउँदैनन् । त्यसैले उनीहरूको सिकाइका लागि यो एप ल्याएका हौं ।’
उनले प्रत्येक अभिभावकसम्म एप कसरी पु¥याउने र प्रयोग गर्न सिकाउने कुरा चुनौतीको रुपमा रहेको पनि बताइन् ।

Leave a Reply

Your email address will not be published.