काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले कतारलाई ६८ रनले हराएको छ ।
सन्दीप लामिछानेको शानदार अलराउण्ड प्रदर्शनमा कतारलाई हराउँदै नेपाल समूह ए को विजेताको रुपमा सेमिफाइनलमा स्थान पक्का गर्न सफल भयो । । सन्दीपले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए भने अविजित रहँदै ४२ रनको योगदान दिए ।
खेलमा टस हारेर ब्याटिङ् गरेको नेपाललाई कतारले १५७ रनमै अलआउट गरेको थियो । कुल ५० ओभरको खेलमा नेपाल ४०.३ ओभरमा सबै विकेट गुमाएर १५७ रनमा सीमित भयो । नेपालका लागि दशौं नम्बरमा व्याटिङ गर्न आएका सन्दीप लामिछानेले ५८ बलको सामना गर्दै ६ चौकाको सहयोगमा अविजित ४२ रन जोड्दा अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन् ।
जितको लागि १ सय ५८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको कतार २५.१ ओभरमा ८९ रनमा अल आउट भयो । नेपालका सन्दीप लामिछानेले ९.१ ओभरमा ३ मेडनसहित १४ रन खर्चेर सर्वाधिक ५ विकेट लिए । सोमपाल कामीले ७ ओभरमा १ मेडनससहित २४ रन खर्चेर ३ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले ५ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए ।