राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित दुई सांसदले शपथ लिदैँ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सांसदद्वय रवि लामिछाने र डाक्टर स्वर्णिम वाग्लेले आज सभामुखसंग सांसद पदको शपथ लिने भएका छन् ।
उनीहरुलाई सभामुख देवराज घिमिरेले शुक्रबार बिहान साँढे एघार बजे सिंहदरबार स्थित संसद सचिवालयमा शपथ खुवाउन लागेका हुन् ।
चितवन क्षेत्र नम्बर दुई र तनहुँ एक बाट निर्वाचि भएका उनीहरुलाई आज सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ खुवाउँदै सांसदको लोगो वितरण गरेपश्चात् सांसदद्वयले प्रतिनिधि सभामा भाग लिन पाउनेछन् ।

Leave a Reply

Your email address will not be published.