तिम्रो लागिमा पूजा र अनुज

काठमाडौं । अभिनेत्री पूजा शर्मा मोडेल अनुज गुरुङका साथमा तिम्रो लागि म्युजिक भिडियो लिएर बजारमा आएकी छिन् ।

केहि समय अघि भिडियो  नौडाँडा पारी २  बोलको म्युजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएका मोडल गुरुङले ’तिम्रो लागि’ अभिनेत्री शर्मासंग जमेका छन् । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको यस गीतमा अभिनेत्री पूजा शर्मा र अनुज गुरुङको बीचको अन्स्क्रिन प्रेम देख्न सकिन्छ।

गीतमा लोकप्रिय गायक प्रताप दास र अन्नु चौधरीको सुमधुर स्वर सुन्न सकिन्छ ।  दिग्गज धौरालीको शब्दमा  रहेको यस गीतमा गीतलाई चर्चित संगीतकार अर्जुन पोखरेलले संगीतवद्द गरेका हुन् । आदेश गुर्माचनको गीतमा  संगीत संयोजन रहेको छ।

Leave a Reply

Your email address will not be published.