इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिताको नतिजा सार्वजनिक

संस्थागत विद्यालय संघ नेपाल (इसान)ले कृष्टिना भण्डारीको स्मृतिमा मिति २०८०/२/२ गते सञ्चालन गरेको क्यान्सर रोगसँग सम्बन्धित परामर्श र निबन्ध लेखन प्रशिक्षण सहितको इसान कृष्टिना निबन्ध लेखन प्रतियोगिता २०८० को नतिजा प्रकाशन गरेको छ ।

उक्त प्रतियोगितामा एकताजेम्स इङ्लिस एकेडेमीकी छात्रा प्रतिका घिमिरे प्रथम, माउन्ट एभरेष्ट सेकेन्डरी स्कुलकी छात्रा सुजिता चौलागाईं द्वितीय तथा पिक प्वाइन्ट एकेडेमीका मोहम्मद कलिम्शा तृतीय स्थान ओगट्न सफल भएको कुरा इसानका महासचिव गणेशप्रसाद खतिवडाले जानकारी गराए । प्रतियोगितामा विभिन्न १९ विद्यालयका ३८ विद्यार्थीको सहभागिता थियो ।

कक्षा ४ मा अध्ययनरत हुँदाहुँदै क्यान्सर रोगबाट ज्यान गुमाएकी कृष्टिना भण्डारीको सम्झनामा क्यान्सर रोगसँग सम्बन्धित परामर्श तथा निबन्ध लेखन प्रशिक्षणसहित इसानले हरेक वर्ष क्यान्सरलाई नै विषयवस्तु बनाएर निबन्ध प्रतियोगिता गराउँदै आएको छ । यस प्रतियोगितामा साहित्यकार शान्ति शर्माले क्यान्सर रोगको बारेमा तथा डा. शेखर दाहालले निबन्ध लेखनका बारेमा प्रतियोगीलाई प्रशिक्षण दिएका थिए । कार्यक्रम जोरपाटी स्थित याम्ब्यासडर एकेडेमीमा सञ्चालन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *