भक्तपुर जिल्लाको मध्यपुर थिमीस्थित टेस्ला सपोर्ट प्रा. लि. मा एकदिने व्यक्त्तित्व विकास तालिम सम्पन्न भएको छ ।
टेस्ला र विश्व नेपाल संचार प्रा. लि. को सहकार्यमा भएको उक्त तालिममा विभिन्न ६ जिल्लाका कुल २५ जना विद्यार्थीको सहभागिता रह्यो। विशेष गरी एस. इ. इ. परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रम संचालन गरिएको टेस्लाका प्रवन्ध निर्देशक मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको संयोजन भने टेस्लाका कार्यकारी प्रमुख सुमन महतले गर्नुभयो । त्यसैगरी विद्यार्थीहरुलाई तालिम विश्व नेपाल संचार प्रा. लि. का अध्यक्ष अन्तरिक्ष अधिकारीले दिनुभयो।


