गल्फ संघको अध्यक्षमा पुनः घले निर्वाचित

नेपाल गल्फ संघको छैटौं साधारण सभाले वर्तमान अध्यक्ष टासी घलेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मतिले चयन गरेको छ ।

शनिवार सम्पन्न चुनावी साधारण सभाले अध्यक्षमा घलेलाई पुनः निर्वाचित गरेको हो । अर्कोतर्फ़ उपाध्यक्षमा पवित्र कुमार कार्की, तिलक राई र फुर्साङ लामा निर्वाचित भएका छन् । त्यसैगरी महासचिवमा चुडा बहादुर भण्डारी, कोषाध्यक्षमा किशन कुमार अग्रवाल चयन भए । संघको कार्यकारी सदस्यमा दीपक आचार्य, दीपक थापा मगर, वीरेन्द्र विक्रम लिम्बु, प्रवीण याक्थुम्बा, भु बहादुर गुरुङ, आर्शिया बानु र श्रीराम भण्डारी चुनिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *