उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो

नेपालले एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा तेस्रो स्थान हासिल गरेको छ ।

त्रिपुेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा आइतबार भएको खेलमा नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्न सफल भयो । एक सयम ६–८ ले पछि रहेको नेपालले पूनरागमन प्रयास गरेपनि जित निकाल्न सकेन । पहिलो सेट गुमाएको नेपालले त्यसपछि भने आफ्नो लय समात्यो ।

दोस्रो सेट नेपालले २५–१६ ले सहजै आफ्नो पक्षमा पार्न सफल भयो । प्रतिस्पर्धात्मक दोस्रो सेटमा ९–९ को बराबरीबाट अघि बढेको नेपालले लगातार ६ अंक जोड्दै जितको आधार तय गर्यो । त्यसपछि उज्वेकिस्तानले थप ७ अंक जोड्दा नेपालले खेल आफ्नो पक्षमा पार्न सफल भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *