भीमदत्त राजमार्ग भासिएपछि तराई–पहाड तनाव ग्रस्त

काठमाडौ । साउन २२ देखि लगातार परेको वर्षाले भीमदत्त राजमार्ग भासियो । सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जिल्लालाई ७ पहाडी जिल्लासँग जोड्ने सो राजमार्ग पहिरोले भासिएपछि अवरुद्ध भयो  ।

सुदूरपश्चिमको लाइफ लाइनको रूपमा चिनिने सो राजमार्ग अवरुद्ध भएपछि हाल आंशिक रूपमा मात्रै यातायातका साधन सुचारु छन् । जसले गर्दा यहाँको जनजीवन कष्टमय बनेको छ ।

तराई र पहाडी भेगमा मालसामान र दाल, तरकारी ढुवानी रोकिएर पहाडमा खाद्यान्न र तराईमा दाल तरकारीको अभाव हुने अवस्था सिर्जना भयो  । आंशिक रूपमा खुलेको साधनले पर्याप्त मात्रामा ढुवानी गर्ने अवस्था छैन ।

पहाडी जिल्लाबाट तराईका लागि आउने काउली, बन्दा, आलु, टमाटर, सिमी, हरियो साग पहाडमै रोकिए । तराईबाट बाजुरा, बझाङ, अछाम, डोटी, दार्चुला, बैतडी, डडेल्धुराका लागि जाने खाद्यान्न लगायतका मालसामान तराईमै रोकिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *