‘काठमाडौं महानगरपालिकाले सडक पेटिमा फोहर गर्ने लाई तत्काल कारबाहि ‘

काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा जथाभावी फोहर फाल्नेमाथि जरिवाना तथा कारबाही तिराएको छ ।

जथाभावी रुपमा फोहोर फाल्ने दुई जनालाई ५ हजारको दरले जरिवाना मा कडाई गरेको छ । काठमाडौं १४ कुलेश्वरको फलफूल बजारमा सडकपेटीमा फोहोर फाल्ने रविन्द्र साह र शिवपुजन साहलाई कारबाही स्वरुप जरिवाना तिराएको हो ।

महानगर प्रहरीका अनुसार फलफूलहरुको फोहोर सडक पेटीमा जम्मा पारी थुपारेर राख्न नपाउने जानकारी दिएको छ ।

‘काठमाडौंको सडकपेटी, नदी र अन्य कुनै पनि खुल्ला ठाउँमा फोहोर फाल्नेलाई कारबाही गर्दै आएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

काठमाडौं भित्र खुल्ला स्थानमा आगो बाल्न, ४० माइक्रोन भन्दा कमको प्लाष्टिक प्रयोग गरेको थाहा पाए पनि कारबाही गर्ने पाण्डेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *