प्याज निर्यातमा भारतको कडाइ

भारतले विदेश निर्यात हुने प्याजमा ४० प्रतिशत कर लगाएको छ । भारतको वित्त मन्त्रालयले एक सूचना जारी गर्दै प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने निर्णय गरेको हो ।वित्त मन्त्रालयले गरेको नयाँ व्यवस्था डिसेम्बर ३१, २०२३ सम्म कायम रहनेछ । उपभोक्ता सचिव रोहितकुमार सिंहका अनुसार आन्तरिक आपूर्ति प्रणाली सुधार गर्नका लागि प्याज निर्यातमा ४० प्रतिशत कर लगाइएको हो ।

अहिले भारतको आन्तरिक बजारमा प्याजको मूल्य प्रतिकिलो ३०.७२ भारु रहेको छ । यो गत वर्षको यही अवधिको तुलनामा २०.७५ प्रतिशतले बढी हो । गत वर्ष प्याजको मूल्य प्रतिकिलो २५.४४ भारु कायम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *